SHARE
पर्दाफास · शनिबार २७ भौ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

कृष्णभीरको सडक तीन दिनभित्र सञ्चालनमा ल्याइने

त्रिशूली बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको कृष्ण भीर सडकखण्ड तीन दिनभित्र यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीकाअनुसार भासिएको सडकको भित्तातर्फबाट नयाँ ट्रयाक निर्माणको काम सम्पन्न भइसकेको छ । अहिले नयाँ ट्रयाकलाई ग्रेड डाउन गरी सबग्रेड तयार गर्ने काम भइरहेको छ ।