महँगी र ग्यास अभावविरुद्ध काँचो चामल खाएर नेकपा बहुमतकाे प्रदर्शन
बढ्दो महँगी नियन्त्रण र ग्यास आपूर्ति सहज बनाउन माग गर्दै नेकपा (बहुमत) ले काँचो चामल खाँदै विरोध प्रदर्शन गरेको छ। उनीहरूले ‘बढ्दाे महँगी नियन्त्रण गर’, ‘ग्यासको आपूर्ति सहज गर’, ‘खै ग्यास? बालेनले लुकायाे, खै बालेन माफियाले डुबायाे,’ लगायत नारासहित प्लेकार्ड बाेकी प्रदर्शन गरेका हुन् ।
