माछापुच्छ्रे बैंकले सेयरधनीलाई ६ प्रतिशत लाभांश दिने
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना सेयरधनीलाई कुल ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंक सञ्चालक समितिको आज अपराह्न साढे ३ बजे बसेको ५६४औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमध्ये ३ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश (करसहित) रहेको बैंकले जनाएको छ। बैंकका अनुसार प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि तथा बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिनेछ।
