प्रहरी महानिरीक्षक कार्कीलाई बर्खास्त गरेर छानबिन गर्न सांसद सुनारको माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए । ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ।
