SHARE
पर्दाफास · शुक्रबार​ २६ भौ २०८३ ०८:५९ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनलाई निजी क्षेत्र मन पर्दैन : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको देखाएको टिप्पणी गरेका हुन् ।