भोटेकोशी बाढीपीडितलाई मासिक १५ हजार राहत दिइने
काठमाडौं । सरकारले भदौ १० गतेको भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक राहत उपलब्ध गराउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले चार जनासम्मको परिवारलाई मासिक १५ हजार रुपैयाँ र चार जनाभन्दा बढी सदस्य भए थप प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले सहायता दिने निर्णय गरेको हो। सरकारी विवरणअनुसार रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका ७ हजार ५ सय ७० निजी घरमा बाढीले क्षति पुर्याएको छ। प्रभावित क्षेत्रमा ४८ सार्वजनिक भवन, १८ विद्यालय, ७ स्वास्थ्य संस्था र ३० सांस्कृतिक सम्पदामा समेत क्षति पुगेको छ।
