बाढीपीडितका लागि पठाइने राहत खाद्य सामग्रीको विभागद्वारा अनुगमन
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भोटेकोशी बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा राखिएका राहत खाद्य सामग्रीको निरीक्षण तथा अनुगमन गरेको छ। विभागले २०८३ भदौ २४ गते खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम राहत सामग्रीको निरीक्षण गरेको हो। अनुगमनका क्रममा राहतका लागि तयारी अवस्थामा राखिएका खाद्य सामग्रीको गुणस्तर, लेबल विवरण तथा उपभोग्य मिति जाँच गरिएको विभागले जनाएको छ। अनुगमनका क्रममा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, थापाथलीमा फोर्टिफाइड स्टिम जीरा मसिनो चामल, मुसुरो दाल, सूर्यमुखी तेल, आयोनुनलगायत खाद्य सामग्री बाढीपीडितका लागि पठाउन तयारी अवस्थामा रहेको पाइएको थियो।
