SHARE
कालिका खबर · शुक्रबार​ २६ भौ २०८३ ०३:५३ AM · 1 मिनेट पढाइ

जाजरकोटबाट धादिङका बाढीपीडितलाई झण्डै ३ लाख रुपैयाँ बराबरको राहत सामग्री

धादिङ । जाजरकोटबाट धादिङका बाढीपीडित परिवारका लागि झण्डै ३ लाख रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराइएको छ। नेकपा (एमाले) केन्द्रीय सदस्य तथा जाजरकोट इन्चार्ज डम्बरबहादुर सिंहको नेतृत्वमा तथा जानकी दर्शन टुर्स एण्ड ट्राभलका इन्द्रसिंह ठकुरी, सन्जिता थापामगरलगायतको व्यवस्थापनमा राहत सामग्री संकलन गरी धादिङको गजुरी गाउँपालिका–५, गल्दीस्थित होल्डिङ सेन्टरमा रहेका बाढीपीडित परिवारलाई हस्तान्तरण गरिएको हो। बाढीका कारण विस्थापित भई होल्डिङ सेन्टरमा बसिरहेका ४२ घरपरिवारलाई इलेक्ट्रिक जग, मल्टिप्लग, हाइजिन किट, ब्ल्याङ्केट, महिलाका लागि कपडा तथा बालबालिकाका कपडालगायतका आवश्यक सामग्री हस्तान्तरण गरिएको जनाइएको छ।