SHARE
कालिका खबर · बिहीबार २५ भौ २०८३ ०२:२१ PM · 1 मिनेट पढाइ

पैसाको अभावमा अस्पतालबाहिर बच्चा जन्माउनुपर्ने परिस्थिति सरकारको असफलता : रन्जू साह

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आम महिला मोर्चाले राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि आवश्यक आर्थिक अभावका कारण बबिताकुमारी पासवानले अस्पतालको बाहिरी प्राङ्गणमै बच्चा जन्माउन बाध्य भएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । मोर्चाकी इन्चार्ज रन्जूकुमारी साहले आज विज्ञप्ति जारी गर्दै उक्त घटना २१औँ शताब्दीको मानवता, लोकतन्त्र र कानुनी राज्यकै उपहास भएको जनाएकी छन् ।