भोटेकोशी विपद्का पीडितलाई पर्वतारोहण व्यवसायीको ४० लाखभन्दा बढी सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपालका पर्वतारोहण तथा हिमाल आरोहण व्यवसायीहरूले ४० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्। एक्सपेडिसन अपरेटर्स एसोसिएसन नेपाल (ईओएएन) को पहलमा संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेललाई हस्तान्तरण गरिएको ईओएएनले जनाएको छ। ईओएएनको कार्यसमिति निर्णयअनुसार संघले मात्रै ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ। संघका सदस्य कम्पनीहरूले पनि स्वेच्छिक रूपमा सहयोग गरेका छन्।
