सुरक्षित आवासलाई प्राथमिकता दिँदै नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी हुँदै
काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ सिजी प्रोपर्टिज नवौँ नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी–२०८३ आयोजना हुने भएको छ। नेपालमा सुरक्षित, सुव्यवस्थित एवं वैज्ञानिक बस्ती विकास गरी दिगो सहरीकरण प्रवर्द्धन गर्ने उद्देश्यले आगामी २०८३ साल असोज १ देखि ४ गते (सेप्टेम्बर १७–२०, २०२६) सम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा एक्स्पो आयोजना हुन लागेको हो। नेपाल जग्गा तथा आवास विकास संघ (NLHDA) र नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDF) को संयुक्त आयोजनामा तथा नेपाल चेम्बर अफ कमर्सको ७५औँ हिरक जयन्तीको अवसरमा चेम्बरको सहकार्यमा एक्स्पो आयोजना गर्न लागिएको हो।
