SHARE
कालिका खबर · बिहीबार २५ भौ २०८३ १०:०८ AM · 1 मिनेट पढाइ

नेकपा एमाले पुनर्गठन कार्यदलको बैठक शुक्रबार बस्ने

काठमाडौं : नेकपा एमालेले पुनर्गठन कार्यदलको बैठक बोलाएको छ । बैठक भोलि (शुक्रबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको हो । कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्नेगरी च्यासलमा बैठक बोलाइएको कार्यदलका सदस्य डा.राजन भट्टराईले जानकारी दिए ।गत २१ फागुनको निर्वाचन पराजय र पार्टी पुनर्गठनबारे सुझाव संकलन गरी प्रतिवेदन तयार पार्नेगरी गत १० जेठमा कार्यदल गठन भएको थियो । उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्य सचिव छन् ।