भोटेकोशी बाढीपीडितका लागि यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा साढे ३ करोडभन्दा बढी सहयोग
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले यशोदा फुड्स प्रा.लि. र श्रीराम टोबाकोले नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३ करोड ५१ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन्। उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। कम्पनीका अनुसार बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ लगायतका अति प्रभावित क्षेत्रमा समेत प्रत्यक्ष राहत सहयोग गरिएको छ।
