महालक्ष्मी विकास बैंक लगातार तेस्रो पटक ISO 9001:2015 बाट प्रमाणित
काठमाडौं । महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 प्रमाणपत्रबाट लगातार तेस्रो पटक प्रमाणित भएको छ। गुणस्तर व्यवस्थापन प्रणालीमार्फत अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्दै आएको आधारमा बैंक पहिलोपटक २०८१ साल साउन ३२ गते (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी ISO 9001:2015 बाट प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौमा सम्पन्न पहिलो सर्भिलियन्स अडिटबाट समेत बैंक पुनः प्रमाणित हुन सफल भएको थियो। बैंकले २०८३ साल साउनमा सम्पन्न तेस्रो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणपत्र प्राप्त गरेको हो।
