SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०७:३३ AM · 1 मिनेट पढाइ

माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम

बागलुङ । बागलुङका उत्पादनयोग्य माटोमा अम्लीयपन बढ्दै गएको पाइएको छ । कृषि विकास कार्यालय, बागलुङले परीक्षण गरेका ३२० माटोका नमूनामध्ये अधिकांशमा अम्लीयपना देखिएको हो । माटोमा नाइट्रोजन तथा फस्फोरसको मात्रा न्यून वा मध्यम रहेको छ । परीक्षण गरिएका नमूनामध्ये २०५ वटामा नाइट्रोजनको मात्रा न्यून, १११ वटामा मध्यम र चार वटामा उच्च रहेको छ ।