SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

रसुवाका बाढी प्रभावित बस्तीमा हेलिकप्टरमार्फत राहत सामग्री ढुवानी

रसुवा । सरकारले हेलिकप्टरमार्फत बाढी प्रभावित जनतालाई नुन–तेल, खाद्यान्न, औषधिलगायत अत्यावश्यक सामग्रीको व्यवस्था गरी उद्धारसँगै राहत वितरणलाई प्राथमिकता दिएको छ । बाढीपछि सडकमार्ग विच्छेद भएका हाकु, गत्लाङलगायतका गाउँबस्तीमा आज पनि दुईवटा हेलिकप्टरमार्फत अत्यावश्यक सामग्री ढुवानी भइरहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीले जानकारी दिए ।