SHARE
मकालु खबर · बुधबार २४ भौ २०८३ ०७:४७ AM · 1 मिनेट पढाइ

स्वर्णबिन्दु प्राशनमा २०७ बालबालिका सहभागी

खोटाङ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र खोटाङले बालबालिकाका लागि स्वर्णबिन्दु प्राशन कार्यक्रम सुरु गरेको छ । आयुर्वेदिक उपचार पद्धतिमार्फत बालबालिकाको स्वास्थ्य प्रवर्धन तथा शारीरिक र मानसिक विकासमा सहयोग पुर्याउने उद्देश्यले जिल्लामा पहिलोपटक उक्त कार्यक्रम सुरु गरिएको हो ।