ग्यास लिक भएर आगलागीमा घाइते बूढीगंगाकी महिलाको उपचारका क्रममा मृत्यु
विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकामा ग्यास लिक भएर शरीरमा आगो लाग्दा गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बूढीगंगा गाउँपालिका–४ प्रगति टोलकी ४६ वर्षीया सुष्मा भण्डारी रहेकी छन्।
