अनुहार नमिलेपछि जेनजी सहिदको शालिक अनावरण स्थगित
काठमाडाैं। ललितपुरको सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको शालिकको अनुहार वास्तविक सहिदसँग नमिलेपछि तय गरिएको अनावरण कार्यक्रम स्थगित गरिएको छ। शालिकमा अनुहारको बनावट फरक परेको गुनासो आएपछि निर्माण समितिले प्रतिमालाई पुनर्निर्माण गर्ने निर्णय गरेको छ।
