रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती
रसुवाको भोटेकोशी नदिमा भदौ १० गते आएको विनाशकारी बाढीका कारण त्रिशूलीदेखि बेत्रावतीसम्मको राजमार्गमा ठूलो क्षति पुगेपछि यातायात सेवा प्रभावित भएको छ । राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेका छन् ।
