SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको क्षतिपछि रसुवामा ८३ र नुवाकोटमा ९५ प्रतिशत विद्युत् सेवा सञ्चालन

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालन गर्ने कामले तीव्रता पाएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार गत भदौ १० गतेको बाढीलगत्तै सम्भव भएसम्मका सम्पूर्ण स्रोतसाधन र जनशक्ति परिचालन गरी प्रभावित क्षेत्रमा विद्युतीकरण अघि बढाइएको हो।