जेनजीसँगको १० बुँदे सम्झौता कार्यान्वयन गर्न सांसद जगदीश खरेलको माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद एवं प्रवक्ता जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा भएका सहमतिहरू कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । मङ्गलवार ललितपुरमा जेनजी शहीद विकास महर्जनको शालिक अनावरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।
