SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ १२:११ PM · 1 मिनेट पढाइ

एसिसी प्रिमियर कप : नेपाल हङकङसँग १५ रनले पराजित

मलेसियामा जारी एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । जितको लागि हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ दशमलव १ ओभरमा सवै विकेट गुमाउदै २४६ रनमा समेटियो । नेपालका लागि इशान पान्डेले सर्वाधिक ९० रन बनाए ।