काँग्रेसको वडा, नगर र प्रदेश अधिवेशनको कार्यतालिका परिमार्जन
नेपाली काँग्रेसले आफ्नो १५ औँ महाधिवेशनअन्तर्गत मातहतका विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको छ । मंगलवार पार्टी कार्यालय सानेपामा बसेको पार्टीको केन्द्रिय निर्वाचन समितिको बैठकले विभिन्न तहका अधिवेशनहरूको निर्वाचन कार्यतालिका परिमार्जन गरेको हो ।
