SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०९:१० AM · 1 मिनेट पढाइ

गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ का स्थानीयवासीहरुले जनकपुर ढल्केवर मुख्य सडक जाम गरेका छन् । गुठी संस्थानले आफूहरुलाई जबरजस्ती उठीबास लगाउन खोजेको भन्दै मंगलबार (आज) मुख्य सडक जाम गरी प्रदर्शन गरेका छन् । गुठी संस्थानले राजगुठी अन्तर्गतका पोखरी तथा पोखरीका डिलमा भएको अतिक्रम हटाउने कार्य गरिरहेको छ ।