जेनजी आन्दोलनको एक वर्ष, जेनजी अभियन्ता हमालको प्रश्न– ‘के राम्रो भयो ?
एक वर्षअघि भदौ २३ गते सडकमा उत्रिएको नेपाली युवाको एउटा पुस्ताले केवल सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध आवाज उठाएको थिएन । त्यसको भित्री तहमा भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध लामो समयदेखि सञ्चित असन्तुष्टि थियो । त्यो असन्तुष्टि सडकमा विस्फोट भयो । आन्दोलनले ठूलो मानवीय क्षति व्यहो¥यो । दर्जनौँ युवाले ज्यान गुमाए ।
