एनआईएमबी अध्यक्ष पाँडे रिहा, स्मार्ट टेलिकम प्रकरणमा कानुनी प्रक्रिया पूरा गरेको दाबी
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई काठमाडौं जिल्ला अदालतले ४० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ । ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दामा सोमबार अदालतमा उपस्थित भएका पाँडेलाई जिल्ला न्यायाधीश नवराज दुलालको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतले तोकेको ४० लाख रुपैयाँ धरौटी बुझाएपछि पाँडे रिहा भएका हुन् ।
