SHARE
पर्दाफास · मङगलबार २३ भौ २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी : १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा हालसम्म एक हजार ३५७ जनाको शव फेला परेको जनाएको छ । फेला परेका शवमध्ये विभिन्न स्थानबाट मानव अङ्गसमेत भेटिएका छन् । प्राधिकरणका अनुसार हालसम्म १०२ शवको सनाखत भई परिवारले बुझिसकेका छन् ।