अमेरिकी कूटनीतिज्ञ मेगन बोल्डिन नेपाल आइपुगिन्, बाढी प्रतिकार्यमा नेतृत्व गर्ने
नेपालस्थित अमेरिकी दूतावासले वरिष्ठ अमेरिकी कूटनीतिज्ञ मेगन बोल्डिनलाई काठमाडौंमा स्वागत गरेको छ। उनी आगामी केही महिनाका लागि कार्यवाहक अमेरिकी राजदूतका रूपमा नेपालमा रहनेछिन् र विनाशकारी बाढीपछि जारी प्रतिकार्य तथा पुनर्लाभका प्रयासमा अमेरिकी दूतावासको भूमिकालाई नेतृत्व गर्न सहयोग गर्नेछिन्।
