कुमारी बैंक पीसीएएफमा आबद्ध, कर्जा लगानीबाट हुने कार्बन उत्सर्जन मापन गर्ने
कुमारी बैंक लिमिटेड पार्टनरसिप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ) मा आबद्ध भएको छ । बैंकले पीसीएएफको सदस्य बनेसँगै जिम्मेवार बैंकिङ, जलवायु कार्य तथा आफ्नो वित्तीय गतिविधिसँग सम्बन्धित हरितगृह ग्यास उत्सर्जनको मापन र व्यवस्थापनमा थप पारदर्शिता कायम गर्ने भएको हो ।
