वडाध्यक्ष गुरुङ भन्छन्- किम्रुङखोलाको बहाव पूर्ववत् अवस्थामा छ,जोखिम छैन
कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको बहाव बुधबार बिहानदेखि पुरानै अवस्थामा फर्किएको छ । मंगलबार साँझ खोला थुनिदा पानीको बहाब रोकिएका आशंकामा गएराति उच्च सतर्कता अपनाइको थियो । अन्नपूर्ण–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले खोलाको बहाव अहिले पूर्ववत् अवस्थामा बगिरहेको र जोखिम नरहेको जानकारी दिए ।
