SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०६:५२ AM · 1 मिनेट पढाइ

अनुहार नमिलेपछि जेनजी सहिदको सालिक उद्घाटन रोकियो

सातदोबाटोस्थित सहिद पार्कमा निर्माण गरिएको जेनजी सहिदको सालिकको अनुहार सहिदसँग नमिलेपछि उद्घाटन स्थगित गरिएको छ । सालिक निर्माण समितिले प्रतिमा पुनर्निर्माण गरी एक महिनाभित्र नयाँ सालिक तयार गर्ने जनाएको छ । २०८२ भदौ २३ र २४ मा भएको आन्दोलनमा ज्यान गुमाएकाहरूलाई सरकारले सहिद घोषणा गरेपछि सालिक निर्माणको काम अगाडि बढाइएको थियो ।