सरकारले गरेको १० बुँदे सम्झौता कागजमै सिमित भयो : जेनजी घाइते श्रेष्ठ
जेनजी आन्दोलनका घाइते प्रतिश श्रेष्ठले सरकारले जेनजीसँग गरेको १० बुँदे सम्झौता कार्यान्वयनमा तदारुकता नदेखाएको आरोप लगाएका छन् । जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै श्रेष्ठले सम्झौतामा उल्लेख भएका अधिकांश विषय अझै कार्यान्वयनमा नआएको गुनासो गरे ।
