SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ०१:५३ PM · 1 मिनेट पढाइ

ओलीले भने- ‘हामी न पहिला भागेका थियौँ, न अहिले भाग्छौँ, न कहिल्यै भाग्छौँ’

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू देश छाडेर भाग्ने मानिस नभएको बताएका छन् । गत वर्ष भदौ २४ गते जेनजी आन्दोलनका क्रममा जलाइएको बालकोटस्थित आफ्नो निवासको बुधवार अवलोकन गर्ने क्रममा ओलीले आफूहरू न पहिला भागेको, न अहिले भाग्ने र न भविष्यमा नै भाग्ने बताएका हुन् ।