ग्यास अभावविरुद्ध सिंहदरबारमा युवाको प्रदर्शन, रित्तो सिलिन्डर बोकेर सरकारको ध्यानाकर्षण
बजारमा देखिएको एलपी ग्यासको चरम अभाव र कालोबजारी अन्त्य गर्न माग गर्दै युवाहरूले सिंहदरबारको दक्षिणी गेटमा प्रदर्शन गरेका छन्। लामो समयदेखि ग्यास सहज रूपमा पाउन नसकेको भन्दै आन्दोलित युवाहरूले सरकारको ध्यानाकर्षण गराउन निषेधित क्षेत्रमै पुगेर नाराबाजी गरेका हुन्। उनीहरूले ग्यासको सहज आपूर्ति सुनिश्चित गर्न तथा कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।
