SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ ११:५१ AM · 1 मिनेट पढाइ

भदौ २३ र २४ का घटनामा अपराध गर्ने सबैलाई सजाय हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले भदौ २३ र २४ गते भएका घटनामा संलग्न भएर अपराध गर्ने सबैलाई निष्पक्ष छानबिन गरी सजाय दिनुपर्ने बताएका छन्। जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा बुधबार थापाले भदौ २४ गते आफ्नो घर जलेको र परिवारसमेत आगोमा पर्ने अवस्था बने पनि आफ्नो पीडालाई मुख्य विषय नबनाउने बताए।