सर्वोच्चको निस्सापछि कांग्रेसको आधिकारिकता पाउनेमा देउवा विश्वस्त
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता विवादमा सर्वोच्च अदालतले निस्सा दिएपछि आफूहरूको आधा जित भइसकेको दाबी गरेका छन् । भक्तपुरमा आयोजित ११३ औँ बीपी जयन्तीको अवसरमा ‘बीपी विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस विषयक’ बिचार गोष्ठी कार्यक्रममा बोल्दै उनले सर्वोच्चबाट आफूहरूले न्याय पाउने विश्वास व्यक्त गरेका हुन् ।
