SHARE
पर्दाफास · बुधबार २४ भौ २०८३ १२:४७ PM · 1 मिनेट पढाइ

बागमतीमा राप्रपाका चार सांसद पदमुक्त नहुने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कारबाही गरी प्रदेशसभा सदस्य पदबाट हटाउन सिफारिस गरिएका बागमती प्रदेशसभाका चार सदस्यलाई पदमुक्त नगर्ने निर्णय भएको छ । उपसभामुख (कार्यबाहक सभामुख) अप्सरा चापागाईंले आज बुधवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यहरु उद्धव थापासहित राजु विष्ट, गिरबहादुर तामाङ र राजेन्द्र प्रजापतिलाई प्रदेशसभा सदस्य पदबाट पदमुक्त नगर्ने निर्णय गरेकी हुन् ।