कांग्रेस फुट्दैन, एकजुट भएर १५ औँ महाधिवेशनमा जान्छौँ : निश्कल राई
नेपाली कांग्रेसका सचेतक निश्कल राईले पार्टी एकवद्ध भएर १५ औँ महाधिवेशनमा जाने बताएका छन् । बुधवार सिंहदरबारस्थित संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले पार्टीभित्र रहेका सबै प्रकारका विचार र सबैको अस्तित्वलाई स्वीकार गर्दै छलफल तथा मन्थनबाट निष्कर्षमा पुग्न सकिने बताए ।
