SHARE
कालिका खबर · बुधबार २४ भौ २०८३ ०४:५० AM · 1 मिनेट पढाइ

५६ जिल्लाका साना नदीमा आकस्मिक बाढीको मध्यम जोखिम

काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले बुधबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका मुख्य तथा सहायक नदीहरूमा आगामी तीन दिनसम्म जलसतह उल्लेख्य बढ्ने पूर्वानुमान छ। आज बिहानको मापन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूका साथै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव सतर्कता तह भन्दा तल नै रहेको छ। तीन दिने बाढी पूर्वानुमान अनुसार कोशी जलाधारका सप्तकोशी (चतरा), तमोर (त्रिवेणी), अरुण (सिम्ले), दुधकोशी (रभुवाबजार), तामाकोशी (बुस्ती) र सुनकोशी (हम्पचुवार) मा जलसतह उल्लेख्य बढ्नेछ।