सेयर बजार लगातार चौथो दिन बढ्यो, नेप्से १८ अंकले उकालो
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ । लगातार चौथो दिन बढेको नेप्से परिसूचक आज १८.०७ अंकले वृद्धि हुँदै २ हजार ५६०.८४ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।
