SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर १५ वर्षीया किशोरी बेपत्ता, खोजी कार्य जारी

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–१० खड्खदे नजिक भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर एक जना किशोरी बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा १५ वर्षीया सृष्टि सुनार रहेकी छन् । उनी भिडियो बनाउने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएकी प्रहरीले जनाएको छ ।