एक्विजिसनको खबरसँगै जानकी र सिन्धुको शेयरमा पहिरो, स्वाप रेसियोको डरले लगानीकर्ता हतारिए
काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रक्रिया अघि बढाएसँगै शेयर बजारमा त्यसको तत्काल असर देखिएको छ । जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने उद्देश्यसहित प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको खबर सार्वजनिक भएपछि दुवै संस्थाको सेयरमा बिक्री चाप बढेको हो ।
