SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

रसुवा बाढीका बेपत्ताको पहिचानमा कठिनाइ : शिक्षण अस्पतालमा तस्बिर हेर्दै पर्खिंदै आफन्त

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण सम्पर्कविहीन भएका व्यक्तिहरूको पहिचान र खोजीका लागि महाराजगञ्जस्थित त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा तस्बिरहरू सार्वजनिक गरिएको छ । बाढीका कारण हालसम्म करिब ५ हजार मानिस सम्पर्कविहीन रहेको तथ्याङ्क छ ।