SHARE
लोक पथ · सोमबार २२ भौ २०८३ ११:४६ AM · 1 मिनेट पढाइ

वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारबाहीको चेतावनी

काठमाडौं । उद्योग विभागले सिर्सिया खोलालाई प्रदूषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड तथा स्वीकृत शर्तहरू पूर्ण रूपमा पालना गर्न निर्देशन दिएको छ । सोमबार सिर्सिया खोला आसपासका उद्योगी तथा व्यवसायीसँग भएको छलफलमा विभागका महानिर्देशक जितेन्द्र बस्नेतले उद्योगबाट निस्कने प्रदूषित पदार्थ सिधै खोलामा मिसाउने कार्य अब स्वीकार्य नहुने स्पष्ट पारे ।