परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री एडमबीच फोन संवाद
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सका विदेशमन्त्री इरुथिसाम एडमबीच भोटेकोशी–त्रिशुली बाढीबाट भएको जनधनको क्षतिबारे सोमबार टेलिफोन संवाद भएको छ । फोन वार्ताका क्रममा एडमले बाढीका कारण भएको जनधनको क्षतिप्रति माल्दिभ्स सरकार र त्यहाँका जनताको तर्फबाट दुःख व्यक्त गर्दै नेपालसँग ऐक्यबद्धता जनाएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।
