भोटेकोशी बाढीमा भएको क्षतिमा खुशी व्यक्त गर्दै भिडियो बनाउने युवक पक्राउ
काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट भएको जनधनको क्षतिलाई लिएर विभिन्न जातजातिलाई लक्षित गर्दै होच्याउने, अपमानित गर्ने तथा विपत्तिमा खुशी व्यक्त गरेको भिडियो सामाजिक सञ्जालमा प्रसारण गर्ने एक युवक पक्राउ परेका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले प्राविधिक विश्लेषण तथा अनुसन्धानका क्रममा बैतडीको सुर्नया गाउँपालिका–७ स्थायी ठेगाना भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ बलम्बुमा बस्दै आएका २४ वर्षीय वीरेन्द्र मडैलाई पक्राउ गरेको हो। ब्यूरोबाट खटिएको टोलीले उनलाई २०८३ भदौ २० गते पक्राउ गरेको जनाएको छ।
