SHARE
कालिका खबर · सोमबार २२ भौ २०८३ ०४:१२ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रबाट थप १३ जनाको हवाई उद्धार

काठमाडौं । नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा खोज, उद्धार तथा राहत कार्यलाई तीव्रता दिएको छ । आइतबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरेको छ । नेपाली सेनाका अनुसार हालसम्म हवाई साधनमार्फत स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी कुल ३ हजार ९७५ जनाको उद्धार गरिएको छ । नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा पुल निर्माणको काम पनि तीव्र पारिएको छ । सेनाको इन्जिनियरिङ फौजबाट खटिएको ५५ जनाको टोलीले पुल निर्माणलाई निरन्तरता दिइरहेको छ ।