रसुवा-नुवाकोटबाट फर्किएपछि गगन थापाः बेपत्तालाई १२ वर्ष मृत घोषणा गर्न नमिल्ने कानून फेरौं
काठमाण्डु– काँग्रेस सभापति गगनकुमार थापाले बिनाशकारी भोटेकोशी बाढीमा बेपत्ता भएकाको परिवारलाई कानुनी जटिलताबाट मुक्त गर्न स्थानीय तहलाई मृत्यु प्रमाणित गर्ने अधिकार दिनुपर्ने बताएका छन् । आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले बाढी प्रभावित नुवाकोट र रसुवाको स्थलगत निरीक्षणका क्रममा बेपत्ता परिवारले भोगिरहेको समस्या गम्भीर रहेको बताए ।
