नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश
काठमाण्डु– नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको हो। यो जितसँगै नेपाल एक खेल अगावै अन्तिम चारमा पुगेको छ। पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो।
